जनजागृति आ.वि गैँडाकोट ३ मा सरस्वती मन्दिर समुद्घाटन
गैँडाकोट । जनजागृति आधारभूत विद्यालय गैँडाकोट वडा नं ३ मा सरस्वती पुजा अर्चना, मुर्ति प्रतिस्थापनसहित सरस्वती मन्दिरको समुद्घाटन गरिएको छ ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शुक्रबार विद्यालयमा श्रीपञ्चमीको पावन अवसरमा आयोजित सरस्वती पुजाको कार्यक्रममा सरस्वती मन्दिरको समुद्घाटन गर्नुभयो ।

कार्यक्रममा सरस्वती मन्दिर निर्माणमा सहयोग गर्नुहुने चन्दादातालाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । सो कार्यक्रममा गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव खेमप्रसाद आचार्य, गैँडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, शिक्षा अधिकृत रामप्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक मदन भट्टराईले अतिथिहरुलाई स्वागत गर्नुभएको सो कार्यक्रम शिक्षक पुनाराम गन्द्रमाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तमबहादुर गन्द्रमाको अध्यक्षतामा सम्पन्न भएको थियो ।