ज्येष्ठ नागरिक वडा संघ गैँडाकोट ७ को साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न
गैँडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैँडाकोट ७ को साधारण सभा तथा दोस्रो अधिवेशन विहिबार सम्पन्न भएको छ ।
सो साधारण सभा तथा अधिवेशनले जयप्रसाद शर्माको अध्यक्षतामा वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जमुना देवी कंडेल, सचिवमा नारायण पौडेल, सह सचिवमा उमानाथ शर्मा, कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटा र सदस्यहरुमा दिलदेवी चापागाईँ, बुद्धिप्रसाद सापकोटा, आत्मराम पौडेल, अग्नीप्रसाद सापकोटा, दुर्गादत्त कंडेल र हरिकला सापकोटा चयन हुनुभएको छ ।
त्यसैगरी, नगर प्रतिनिधिमा चोलानाथ उपाध्याय, डिलादेवी चपागाईँ र कुलपती पौडेल चयन हुनुभएको छ । अधिवेशनको निर्वाचन संयोजकमा कृष्णप्रसाद पराजुली र सदस्यमा मुक्तिनाथ न्यौपाने रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले हामी ज्येष्ठ नागरिकहरुले जीवनको उत्तरार्धको समय सत्सङ्ग र अध्ययनमा बिताउनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा संघका सचिव नारायण पौडेलले संस्थाको प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष बिष्णुप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष चोलानाथ उपाध्याय, ज्येष्ठ नागरिक संघ गैँडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपाने, जिल्ला सदस्य कृष्णप्रसाद पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सचिव नारायण पौडेलले सहजीकरण गर्नुभएको सो कार्यक्रम संघका अध्यक्ष जयप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।