चुनावी प्रचारमा बालबालिकाको प्रयोगप्रति चिल्ड्रेन भिजन नेपालको ध्यानाकर्षण
काठमाडौँ । चिल्ड्रेन भिजन नेपालले सामाजिक सञ्जालमार्फत चन्दा संकलन तथा चुनावी प्रचारमा बालबालिकाको प्रयोग भइरहेको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
संस्थाका अध्यक्ष रमेश सिलवालले निर्वाचन आयोगलाई बुझाएको ज्ञापनपत्रमा सामाजिक सञ्जालमा व्यक्तिगत बैंक विवरण र त्तच् कोड सार्वजनिक गरी चन्दा संकलन गर्ने अभ्यासले लोकतन्त्र र राजनीतिक नैतिकतामा नकारात्मक असर पार्न सक्ने भन्दै स्पष्ट नीति र कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन् ।
यसैगरी, चुनावी जुलुस, नारा, प्रचार सामग्री तथा सामाजिक सञ्जाल सामग्रीमा बालबालिकाको प्रयोग बढ्दो क्रममा रहेको भन्दै उहाँले गहिरो चिन्ता व्यक्त गरेका छन् । ज्ञापनपत्रमा बालबालिकाको राजनीतिक दुरुपयोग संविधान र कानुन विपरीत रहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न निर्वाचन आयोगले कडा निगरानी र कारबाही गर्नुपर्ने माग गरिएको छ ।