रास्वपा गैँडाकोटमा जान थाल्यो पहिरो, चार नेता काँग्रेसमा फर्किए
गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु आफ्नै घर अर्थात नेपाली काँग्रेसमा फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट केन्द्रीत प्रभावशाली नेता करुणासागर सुवेदी, ललित श्रेष्ठ, कलाधर पौडेल र डेमप्रसाद पौडेल नेपाली काँग्रेसमा फर्किएका छन् । उनिहरु यसअघि नेपाली काँग्रेस नसच्चिएको भन्दै रास्वपा प्रवेश गरेका थिए ।
देश बदल्नका लागि बदलिएको नेपाली काँग्रेसमा पुनः फर्किएको बताएका छन् । गैँडाकोटस्थित वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले रास्वपा नेताहरुलाई काँग्रेसमा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गरेपछि उनिहरुले प्रजातान्त्रिक धारको पार्टी भनेर रास्वपा प्रवेश गरेको तर बाहिर देखेजस्तो आन्तरिक संरचना लोकतान्त्रिक नभएको भन्दै आफ्नै घर फर्किएको बताएका थिए ।