कुलमानको चुनावी खर्च सार्वजनिक

२०८२ चैत १५ आइतबार १४:१७:०० मा प्रकाशित

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।  फागुन २१ को निर्वाचनमा काठमाडौं ३ बाट प्रतिनिधसभा सदस्य पदको उम्मेदवार रहेका घिसिङले निर्वाचन आयोगमा आफ्नो खर्च विवरण पेस गर्नुभएको हो।

उहाँले विभिन्न ६ वटा शीर्षकमा आफ्नो खर्च भएको विवरणमा उल्लेख गर्नुभएको छ । चुनावमा जम्मा खर्च १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।