मन्दिरमा सेवा गर्न ५४ उम्मेद्वारी

२०८२ चैत १५ आइतबार १८:२३:०० मा प्रकाशित


नवलपरासी पूर्व । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको विकास तथा दैनिक कार्यहरुमा सेवा गर्नका लागि ५४ व्यक्तिले उम्मेद्वारी दिएका छन् ।

अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी रहेको छ ।

यस पदमा काशिनाथ कंडेल, खगराज कंडेल र श्यामसुन्दर पराजुलीको उम्मेद्वारी परेको छ । 

गुरुकुल व्यवस्थापन समितिको अध्यक्षमा चुडामणि शर्मा कंडेल र शोभानाथ गौडेल(बद्री)को उम्मेद्वारी परेको छ । 
यस्तै बरिष्ठ उपाध्यक्षमा केशवप्रसाद सापकोटा (बाबु) र सुवनप्रसाद ढकालको उम्मेद्वारी रहेको छ ।

उपाध्यक्षको उम्मेद्वारमा डिल्लीप्रसाद पाठक र नेत्रप्रसाद अधिकारी रहनुभएको छ । 

सचिवमा राजेन्द्रप्रसाद गौडेल, कोषाध्यक्षमा नारायण सापकोटा, सह कोषाध्यक्षमा केशवहरि पौडेलको मात्रै एकल उम्मेद्वारी रहेको छ । 

सहसचिवको उम्मेद्वारमा राधिका सापकोटा पाठक, देवकी मिश्र पौडेल र धना पौडेल रहनुभएको छ । 

कार्य समिति सदस्य पदमा २२ जनाको उम्मेद्वारी परेको छ ।

लेखा समिति संयोजकमा बाबुराम खनाल र इन्द्रविलास न्यौपानेको उम्मेद्वारी रहेको छ ।

लेखा समिति सदस्यमा ५ जना र गुरुकुल व्यवस्थापन समिति सदस्यमा ५ जनाको उम्मेद्वारी रहेको निर्वाचन संयोजक ओमप्रसाद सापकोटालेले बताउनुभयो । 

निर्वाचन संयोजक ओमप्रसाद सापकोटाका अनुसार अझै पनि सर्वसम्मत समिति निर्माणका लागि छलफल भइरहेको छ ।

निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कार्यतालिका अनुसार १७ गते १० बजेसम्म उम्मेद्वारको नामावली  प्रकाशन, १८ गते १ बजेसम्म उम्मेदवारको दाबी बिरोध, १८ गते बेलुका ५ बजे अन्तिम नामावली प्रकाशन, चैत्र १९ गते मतपत्रको नमुना प्रकाशन गरिनेछ । 
चैत्र २१ गते मतदान हुनेछ ।

विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरि कार्यतालिका सार्वजनिक गरिएको हो ।

मतदान भएको खण्डमा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको कार्यालय भवनको परिसर फेदीमा हुनेछ ।