मौलाकालीमा डढेलो नियन्त्रणका लागि सचेतना 

२०८२ चैत १५ आइतबार १८:१९:०० मा प्रकाशित


नवलपुर । मौलाकाली सामुदायिक वन तथा उपभोक्ता समूहले आइतबार उपभोक्ता तथा समितिका लागि सचेतना कार्यक्रम गरेको छ ।

वन डढेलो नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रममा सव डिभिजन वन गँैडाकोटका अधिकृत सन्तोष मिश्रले वन डढेलो नियन्त्रण गर्ने तरिका, वन डढेलो सम्बन्धि कानुनी व्यवस्था, डढेलो नियन्त्रणका लागि जाँदा अपनाउनुपर्ने कुराहरुका बारेमा सचेतना दिनुभएको थियो । 

वन डढेलो नियन्त्रणका लागि प्रयाप्त तयारी र सचेतना अभिवृद्धिकै कारण अघिल्लो वर्ष शुन्य डढेलो वर्षको रुपमा रहेको हुँदा सचेतना कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा ल्याएको वनका अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । 

 

सचेतना कार्यक्रममा उपस्थित गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, सल्लाहकार काशिनाथ कंडेल, रेडक्रस सोसाइटिका प्रतिनिधि दोलराज पाण्डे लगायतले सामुदायिक वनको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । 

उपाध्यक्ष भगवान घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव इन्दिरा शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा उपभोक्ता, सलाहकार, समिति तथा उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।