गैँडाकोटमा कक्षा ८ को नतिजा : कुन विद्यालयबाट कति विद्यार्थी योग्य ?
गैँडाकोट । गैँडाकोट नगरपालिका स्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । यस शैक्षिक सत्रमा ६७ दशमलब १४ प्रतिशत विद्यार्थी कक्षा ९ का लागि योग्य भएका छन् । गैँडाकोट नगरपालिका शिक्षा शाखाले आज सार्वजनिक गरेको आधारभूत तह कक्षा ८ को नतिजामा सामुदायिक विद्यालयबाट सहभागि विद्यार्थी मध्ये ५७ दशमलब ८४ प्रतिशत विद्यार्थी कक्षा ९ का लागि योग्य बनेका छन् । सामुदायिकबाट यस वर्ष ९ सय ११ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए ५ सय २७ जना योग्य भएका छन् ।
संस्थागत विद्यालयबाट सहभागि विद्यार्थी मध्ये ८० दशमलब ९७ प्रतिशत विद्यार्थी कक्षा ९ का लागि योग्य भएका छन् । संस्थागतबाट यस वर्ष ६१५ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए ४ सय ९८ जना योग्य भएका छन् ।
धार्मिक विद्यालय तर्फ यस वर्ष परिक्षामा सहभागि १७ जना मध्ये १३ जना कक्षा ९ का लागि योग्य बनेका छन् ।
यस वर्ष स्मल हर्ट एकेडेमी, किड्स होम एकेडेमी र निम्बार्क संस्कृत गुरुकुलमका विद्यार्थी शतप्रतिशत कक्षा ९ का लागि योग्य बनेका छन् । जनशक्ति आधारभूत विद्यालयमा शतप्रतिशत विद्यार्थीले ग्रेड परिक्षा दिनुपर्ने भएको छ ।
अघिल्लो शैक्षिक सत्रमा २ विषयमा अनुर्तिर्ण विद्यार्थीले ग्रेड बृद्धि परिक्षा दिने पाउँथे भने यस वर्ष इच्छुक सबै विद्यार्थीले ग्रेड बृद्धि परिक्षा दिन पाउने भएका छन् ।
गैँडाकोट नगरपालिकाका सम्पूर्ण विद्यालयहरुको नतिजा
माथि निलो रंगको हेडलाइनमा क्लिक गर्नुहोस
गैँडाकोट नगरपालिका स्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा तीन छात्राले चार जिपिए ल्याउन सफल भएका छन् । सामुदायिक विद्यालयका २ र संस्थागत विद्यालयका १ जनाले चार जिपिए ल्याएका हुन् ।
चार जिपिए ल्याउन सफल विद्यार्थीमा कालिका नमुना माविकी छात्रा आकृति आचार्य, जनक नमुना माविकी छात्रा प्रकृति रेग्मी र मुकुन्दसेन ईं. बोर्डिङ स्कूलकी छात्रा ममता अधिकारी हुनुहुन्छ ।
आधारभूत तह कक्षा ८ को परिक्षामा यस वर्षको परीक्षामा सामुदायिकबाट ९ सय ११, संस्थागतबाट ६ सय १५, धार्मिकबाट १७ जना विद्यार्थी परीक्षामा सहभागि रहेका थिए ।