एसइई परिक्षामा कन्टिनेन्टल इङ्लिस बोडिड्ड स्कुलको उत्कृष्ट नतिजा
गैँडाकोट । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षामा नवलपुरको गैँडाकोट २ मा रहेको कन्टिनेन्टल इङ्लिस बोडिड्ड स्कुलले उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयबाट एसइई परीक्षा दिएका ३५ जना विद्यार्थीमध्ये १० जनाले ३.६१ देखि ४.०० जीपीए प्राप्त गरेका छन् । विद्यालयको छात्र मञ्जिल शर्माले ४ जीपीए ल्याउनुभएको छ ।
त्यसैगरी, ८ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेका छन । त्यसैगरी १२ जना विद्यार्थीले २.८१ देखि ३.२० जीपीए ल्याएका छन । त्यसैगरी २ जना विद्यार्थीले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन् ।
विद्यालयका प्राचार्य बिनोद पौडेलले विद्यार्थी, शिक्षक र अभिभावक सबैको मेहनतले गर्दा विद्यालयले सफलता पाएको बताउनुभयो । प्राचार्य पौडेलले शैक्षिक वातावरणमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।