एसईईमा स्मल हार्ट एकेडेमीको उत्कृष्ट नतिजा
नवलपुर । गैँडाकोट-४ स्थित स्मल हार्ट एकेडेमीले यस वर्ष SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । विद्यालयका २१ जना विद्यार्थीहरूले परीक्षा दिएकामा सबैले सफलता हासिल गरेका छन् ।
यस वर्षको नतिजामा विशेष उपलब्धि हासिल गर्दै छात्रा सृष्टि थापा मगरले ४.०० GPA ल्याएर विद्यालयको नामलाई थप गौरवशाली बनाएकी छिन् । उत्कृष्ट प्रदर्शनसहित आएको यो परिणामले विद्यार्थीहरूको लगनशीलता, अनुशासन र शिक्षकहरूको निरन्तर मार्गदर्शनको प्रतिफल देखाएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्राचार्य निर्मल पाण्डेले नतिजाप्रति खुशी व्यक्त गर्दै विद्यालयले यस वर्ष SEE मा शतप्रतिशत सफलता हासिल गर्नु अत्यन्त गर्वको विषय भएको बताउनुभयो ।