गैँडाकोट-१८ मा एकल महिलासँग अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

२०८३ जेठ १२ मंगलबार १५:५१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १८ मा एकल महिलासँग अन्तरक्रिया, सचेतना तथा छलफल कार्यक्रम मंगलबार वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।


नारी कल्याण एकल महिला पैरवी मञ्च, नवलपरासी (ब.सु.पू.)को आयोजनामा तथा गैँडाकोट नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो। कार्यक्रममा एकल महिलाका हक-अधिकार, सचेतना अभिवृद्धि तथा आपसी अनुभव आदानप्रदानका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ ।


कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष तिलबहादुर चितौरेले एकल महिला दिदीबहिनीहरूको हक-अधिकार संरक्षणका लागि वडाले सक्दो सहयोग गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।


नारी कल्याण एकल महिला पैरवी मञ्चकी अध्यक्ष निर्मला पौडेलले एकल महिलाहरू आफ्ना हक-अधिकारका लागि स्वयं पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले  एकल महिलाहरूको हक-अधिकार संरक्षणका लागि संस्था सदैव सक्रिय रहने बताउनुभयो ।


कार्यक्रममा सहमती संस्थाका पूर्वअध्यक्ष करुणा सागर सुवेदी, समाजसेवी हरिराज गौतम, वडा सदस्य कर्ण बहादुर माकिम मगर, महिला वडा सदस्य टेकमाया सोती लगायत एकल महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।