गैँडाकोटमा विभिन्न सङ्क्रामक रोग तथा औषधिको भण्डारण–वितरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
गैँडाकोट । स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइको समन्वय तथा गैँडाकोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा “विभिन्न सङ्क्रामक रोगहरू तथा औषधिहरूको भण्डारण एवं वितरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रम मङ्गलबार नगरपालिकाको सभाहलमा भएको हो ।
कार्यक्रममा प्रशिक्षकद्धय एकनाथ मरासीनी र सुमन लामिछानेले विभिन्न सङ्क्रामक रोगहरूको रोकथाम तथा नियन्त्रण, औषधिको सुरक्षित भण्डारण, सही वितरण प्रक्रिया तथा जनस्वास्थ्यमा यसको प्रभावबारे सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य व्यवसायी, औषधि व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले औषधि व्यवसायलाई व्यवस्थित, सुरक्षित तथा जिम्मेवार बनाउन आवश्यक सुझाव दिएका थिए । साथै नगर क्षेत्रमा स्वास्थ्यसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।