गैँडाकोटमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
गैँडाकोट । गैँडाकोटमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरिहर टोल विकास संस्था गैँडाकोट ७ शितलनगरको आयोजनामा बिहीबार टोलभित्रका एसईई उत्तीर्ण चार जना विद्यार्थीलाई सम्मान गरिएको हो ।
हरिहर मन्दिर परिसरमा आयोजित कार्यक्रममा गैँडाकोट–७ का वडा अध्यक्ष होमनाथ सापकोटाले उच्च शिक्षाको यात्रामा सफलता प्राप्त गरेका विद्यार्थीलाई बधाइ तथा सम्मान गर्नु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले उच्च शिक्षाका लागि वडाले आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासित भई अध्ययनमा लाग्न तथा उच्च शिक्षा हासिल गरी देशमै उद्यमशील बन्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष मिनप्रसाद सापकोटाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै अध्ययनमा निरन्तर मेहनत गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रेमप्रसाद सापकोटा, पूर्वअध्यक्ष सरस्वती घिमिरे, समाजसेवी तथा शिक्षाविद् गुरुप्रसाद कँडेल र दीप नारायण सापकोटा, पिपलटार टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद चापागाईं, शक्ति टोल विकास संस्थाका अध्यक्ष वर्णबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीले अनुभव साटासाट समेत गरेका थिए । संस्थाका उपाध्यक्ष लोकेन्द्र वि.क ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव बुद्धिप्रसाद भुसालले गर्नुभएको थियो ।