मुकुन्दसेन सामुदायिक विकास प्रतिष्ठानको नवनिर्वाचित कार्यसमिति द्धारा शपथ
गैडाकोट । मुकुन्दसेन सामुदायिक विकास प्रतिष्ठान नेपालको नवनिर्वाचित कार्यसमितिलाई शपथ तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार संस्थाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा निर्वाचन समिति संयोजक टोलनाथ घिमिरेले नवनिर्वाचित समितिलाई सपथ गराउनुभएको हो। सोहि कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तीर्थराज रिमाललाई अध्यक्ष निर्मल पाण्डेले माइनोट तथा संस्थाको सम्पूर्ण कागजात हस्तान्तरण गरेर पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले संस्था निकै कठिन रूपमा स्थापना गरिएको बताउँदै यसलाई राम्रोसँग चलाउन आग्रह गर्नुभयो।
कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष निर्मल पाण्डेले अग्रजले स्थापना गरेको संस्थालाइ बिभिन्न आरोह अवरोह पार गदै यहाँसम्म ल्याइ पु¥याएको बताउनुभयो । निबर्तमान अध्यक्ष पाण्डेले २०२६ सालमा विधिवत रूपमा स्थापना भएको पुस्तकालयलाई पछि प्रतिष्ठानको रूपमा विकसित भएको पनि उहाँले बताउनुभयो। निबर्तमान अध्यक्ष पाण्डेले संस्थाले गरेका विभिन्न कामहरूको बारेमा पनि जानकारी गराउनुभएको थियो।

संस्थाका नवनिर्वाचित अध्यक्ष तीर्थराज रिमालले पहिला पनि संस्थामा बसेर काम गरिरहेको अनुभवलाई फेरि एकचोटी संस्थालाई माथि उठाउने अवसर मिलेको बताउनुभयो । अध्यक्ष रिमालले सबैको साथ र सहयोगबाट संस्थालाई अगाडि बढाउन सहज हुने बताउनुभयो ।
निर्वाचन समिति संयोजक टोलनाथ घिमिरेले सर्वसम्मत चयन भएको नवनिर्वाचित समितिलाई बधाई दिदै प्रतिष्ठानलाई नयाँ समितिले थप उचाईमा पु¥याउने बिश्वास लिएको बताउनु भयो ।

संस्थाको १२ औँ नेतृत्व चयनबाट अध्यक्षमा तीर्थराज रिमाल चयन हुनुभएको थियो भने उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, सचिवमा राम काप्री, कोषाध्यक्षमा श्रीराम सुवेदी र सहसचिवमा प्रकाश अधिकारी चयन हुनुभएको थियो। त्यस्तै सदस्यमा निर्मल पाण्डे , मिलनराज घिमिरे, ईश्वरीप्रसाद न्यौपाने, प्रकाश पौडेल, मुकुन्द न्यौपाने र टिकाराम ओझा रहनुभएको छ ।
निर्वाचन समिति संयोजक टोलनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य एकदेव रिमालले गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोट वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, निर्वाचन समिति सदस्य डिलीराज न्यौपाने, समाजसेवी, बुद्धिजीवी, प्रतिष्ठानका समितिको उपस्थिति रहेको थियो।