श्रीवैष्णव परिषद् र महिला परिषद् नवलपुरको साधारण सभा तथा अधिवेशन सम्पन्न
गैेंंडाकोट । श्रीवैष्णव परिषद् नेपाल र श्रीवैष्णव महिला परिषद् नवलपरासी (ब.सू.पूर्व)को बार्षिक साधारण सभा तथा अधिवेशन शनिबार श्रीवैष्णव परिषद्को कार्यालय गैंडाकोटमा सम्पन्न भएको छ । सो अधिवेशनले श्रीवैष्णव परिषद् नेपाल र श्रीवैष्णव महिला परिषद् नेपालको नयाँ कार्यसमिति र केन्द्रिय प्रतिनिधि चयन गरेको छ ।
श्रीवैष्णव परिषद् नेपालको जिल्ला कार्यसमितिको अध्यक्षमा चक्रपाणी उपाध्याय, उपाध्यक्षमा ज्यो.हरिप्रसाद सापकोटा, सचिवमा ठाकुरप्रसाद शर्मा, कोषाध्यक्षमा शशिधर न्यौपाने, सहसचिवमा गीता ज्ञावली, सदस्यहरुमा नारायण सापकोटा, यशोदा सापकोटा, यतिराज तिवारी, रामचन्द्र सापकोटा, र केन्द्रिय प्रतिनिधिमा जगन्नाथ उपाध्याय, बद्रीप्रसाद शर्मा, दुर्गाप्रसाद ढकाल, उमाकान्त खरेल, दयाराम सापकोटा, ठाकुरप्रसाद सापकोटा, शिवलाल सापकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, श्रीवैष्णव महिला परिषद् जिल्ला कार्यसमितिको अध्यक्षमा ज्ञानकुमारी सापकोटा, उपाध्यक्षमा सीतादेवी पौडेल, सचिवमा जमुना कंडेल, कोषाध्यक्ष चित्रकला (रामकली) सापकोटा,सहसचिवमा माधवी पौडेल, सदस्यहरुमा जमुनादेवी न्यौपाने, सनिसा कंडेल सापकोटा, लक्ष्मी कंडेल, शान्ता बुढाथोकी, रमा भण्डारी, राधिका सापकोटा, बिमला कंडेल, ज्योति सापकोटा (खरेल) र केन्द्रिय प्रतिनिधिमा सरिता धिताल , जमुना खरेल र लक्ष्मी सापकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशन कार्यक्रम केन्द्रिय प्रतिनिधि एवं श्रीवैष्णव परिषद् बागमती प्रदेश संयोजक पद्मनाभाचार्य स्वामीजीको संयोजनमा सम्पन्न भएको थियो ।
अधिवेशन कार्यक्रम सम्पन्न गर्न परिषद् गण्डकी प्रदेश संयोजक अनन्तप्रपन्न कंडेलको संयोजकत्वमा श्रीवैष्णव महिला परिषद् केन्द्रिय महासचिव सुभा चापागाईँ र देवनायक शर्मा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रीवैष्णव परिषद् नेपालका केन्द्रिय उपाध्यक्ष कृष्णप्रपन्न गौतमले संस्थागत संरचनाको विकास चुस्तदुरुस्त राख्नुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले संस्थाको पहिलो गहना पारदर्शिता रहेको कुरा बताउनुभयो ।
श्रीवैष्णव युवा परिषद्का निवर्तमान केन्द्रिय अध्यक्ष श्री स्वामी लक्ष्मणाचार्यले गैंडाकोटमा अवस्थित कार्यालयलाई थप व्यवस्थित बनाउनुपर्ने र नियमित कार्य कार्यालयबाटै संचारित हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै श्रीवैष्णव परिषद्का केन्द्रिय सदस्य टिकाराम कंडेल, श्रीवैष्णव महिला परिषद् नेपालका केन्द्रिय महासचिव सुभा चापागाईँ, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व सदस्य प्रा.मुरलीमोहन बास्तोला, मलड्डवा नगरपालिका सर्लाहीका प्रशासकीय प्रमुख झंकनाथ ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी, महिला परिषद् सचिव गीता ज्ञावलीले आर्थिक प्रतिवेदन र सह सचिव सरिता धितालले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । श्री वैष्णव परिषद्को प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम सचिव बद्रीप्रसाद शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शशीधर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष अनन्तप्रपन्न कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्ला अध्यक्ष चक्रपाणी उपाध्यायको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण सचिव बद्रीप्रसाद सापकोटाले गर्नुभएको थियो ।