विकासको मूल आधार नै धार्मीक पर्यटन : मुख्यमन्त्री नेपाली

२०७९ बैशाख ३ शनिबार १६:००:०० मा प्रकाशित


गैँडाकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विकासको मुल आधार नै धार्मीक पर्यटन भएको बताउनुभएको छ । नवलपरासी पूर्व गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरमा भएको सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ को आज समापन कार्यक्रममा बोल्दै उहाँले भारत र चिन जोड्ने धार्मीक भूमि नै नेपाल भएकाले धार्मिक पर्यटनले देश विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले गजेन्द्र मोक्षधामदेखि मुक्तिनाथसम्म पनि गण्डकी प्रदेश भित्र रहेका धार्मिक क्षेत्रको विकासमा विशेष प्राथमिकता दिएर अगाडी बढ्ने मुख्यमन्त्री नेपालीले बताउनुभयो ।
आवाज.......
श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले महायज्ञमा साथ सहयोग गर्ने, दानदाता सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । उहाँले नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न गुरु योजना अनुसार गर्ने बताउनुभयो ।  
आवाज.....
यहि चैत्र २७ गते रामनवमीदेखी शुरु भएको महायज्ञ वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म चलेको थियो । कार्यक्रममा गँैडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, मन्दिरका संरक्षक पवनकुमार अग्रवाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचन, समाजसेवी द्रोण वन सन्नयासी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।    
महायज्ञ मूल आयोजक समितिका महासचिव एवं मन्दिरका सहसचिव पिताम्बर सापकोटाले २०४२ सालदेखी पूजा अर्चना गरिदै आएकोमा हाल ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । महायज्ञमा डा. बलराम ब्रह्मचारीज्यूले कथा प्रवचन गर्नुभएको थियोे ।
सङ्कटमोचन श्रीहनुमानजीको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्वल रेलिङ, मार्वलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङ्गरोगन यस मन्दिरका दर्शनीय पक्षहरु हुन् ।