कालिका आश्रममा मन्दिर समुद्घाटन, मूर्तिको प्राणप्रतिष्ठासँगै नवाह ज्ञानयज्ञ हुँदै 

२०७९ चैत ५ आइतबार १८:४२:०० मा प्रकाशित

गैँडाकोट ८ स्थित कालिका मन्दिर कालिका आश्रममा भगवान गणेश, अष्टचिरञ्जिवी भगवानका साथै ६ फिट अग्लो कालिका भगवतीको दशभुजा मूर्तिको प्राणप्रतिष्ठा एवं कलात्मक मन्दिर समुद्घाटनका लागि चैत ६ गतेदेखि १६ गते सम्म नवाह ज्ञानयज्ञ हुँदैछ । 
कालिका मन्दिर कालिका आश्रममा कलात्मक मन्दिर समुद्घाटन गर्न लागिएको हो । मन्दिरमा भगवान गणेश, अष्टचिरञ्जिवी भगवानका साथै ६ फिट अग्लो कालिका भगवतीको दशभुजा मूर्तिको प्राणप्रतिष्ठाका लागि श्रीमद्देवी भागवत नवाह ज्ञानयज्ञ हुँदैछ । चैत ६ गतेदेखि १६ गते सम्म विविध कार्यक्रम हुँदैछ ।
चैत ६ गते बिहान ८ बजेदेखि बृहत् मोटरसाइकल ¥याली निकालिदैँछ । भक्तजनहरुलाई जानकारी दिनका लागि ¥याली गर्न लागिएको कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष धनप्रसाद सापकोटाले बताउनुभयो । 
उहाँले चैत ८ गते कलश यात्रा, प्रतिदिन कथावाचन, रुद्राभिषेक, चण्डीपाठ, हवन र मध्यान्हमा दिप प्रज्जवलन गरिने बताउनुभयो । त्यस्तै १३ गतेदेखि १५ गतेसम्म प्रतिष्ठा गरिने मूर्तिहरुको अधिवासविधि–जलाधिवास, पुष्प–फलाधिवास, अन्नाधिवास अनुष्ठान गरिने र १५ गते पूजा र मूर्तिप्राणप्रतिष्ठा गरी मन्दिरको समुद्घाटन गरिने उहाँले बताउनुभयो । त्यस्तै १६ गते रामनवमी कथाको समापन साथै नवाहयज्ञको पूर्णाहुति गरिने अध्यक्ष सापकोटाले बताउनुभयो ।