एसीसी प्रिमियर कपको तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा

२०७९ चैत ९ बिहीबार १७:५५:०० मा प्रकाशित

काठमाण्डौ – एसिया कप क्रिकेट खेल्न पाउने मुख्य ढोका मानिएको एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र ओमान एउटै समूहमा परेका छन् । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।
समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिता आउँदो वैशाख ५ देखि १८ गतेसम्म हुँदैछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । वैशाख ८ गते ओमानसँग हुने खेललाई आईसीसीले एकदिवसीय मान्यता दिने भएको छ ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।