एडभान्स होजियारी सिप विकास तालिमको समापन

२०८० जेठ ७ आइतबार १५:२०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाको आयोजनामा सञ्चालित ४५ दिने एडभान्स होजियारी सिप विकास तालिमको शुक्रबार समापन गरिएको छ । महिलाहरुलाई उद्यमी बनाउनका लागि गैँडाकोट नगरपालिकाले तालिम प्रदान गरेको गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले बताउनुभयो । उहाँले आर्थिक रुपमा सवल बन्न र महिलालाई आत्मनिर्भर बनाउन तालिम दिएकाले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । 
गैँडाकोट १ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले तालिममा सिकेका कुरा आफुमा मात्रै सिमित नराखी उद्यम उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले वडाले गर्नपर्ने आवश्यक सहयोग गर्न वडा सधैँ तयार रहेको पनि बताउनुभएको छ । 
सो तालिमको अवसरमा स्विटर गल्बन्दीका बनाउनका लागि आवश्यक पर्ने करिव २ लाख बराबरका ३ वटा मेसिन पनि हस्तान्तरण गरिएको छ । सो मेसिनमा ८० प्रतिशत नगरपालिकाको र २० प्रतिशत महिला उद्यमीको लगानी रहेको छ । 
कार्यक्रममा प्रतिभा पुस्तकालय समितिका अध्यक्ष शाशिचन्द्र सिग्देल, प्रतिभा टोलका अध्यक्ष अम्विकाप्रसाद घिमिरे, प्रशिक्षक अनिता गाहा मगर लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता कमला अधिकारीले गर्नुभएको थियो ।