पशुपतिले समीक्षाको स्वरमा ल्याए ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन

२०८० जेठ १२ शुक्रबार १३:३७:०० मा प्रकाशित

लोकगायक पशुपति शर्माले आफ्नो हिट गीत ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन सार्वजनिक गरेका छन् । 
सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीको स्वरमा रेकर्ड गराएर भिडियोसहित पशुपतिले शुक्रवारमात्रै गीतको फिमेल भर्सन सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा समेत समीक्षा स्वयंम प्रस्तुत छिन् । 
‘आफ्नो आफ्नो दुःख’ पशुपतिको स्वरमा ६ महिनाअघि सार्वजनिक गीत हो । यो गीतलाई स्रोता एवं दर्शकले निकै रुचाएका थिए । टिकटकमा समेत निकै छाएको उक्त गीतको भिडियोले युट्युबमा ९४ लाख भ्युज पाइसकेको छ । गीत करोड क्लबको नजिक पुगेसँगै पशुपतिले यसको फिमेल भर्सन ल्याएका हुन् । 
यो गीतमा शब्द एवं संगीत पशुपतिकै छ । दुर्गा पौडेलको निर्देशन एवं छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।