अब २४ सै घण्टा पानी वितरण गर्छौ : मनहरी सापकोटा

२०८० श्रावण ९ मंगलबार १३:२७:०० मा प्रकाशित


गैँडाकोट नगरपालिका वडा नम्बर १५ स्थित अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाल वडा नम्बर १४, १५, १६ र १७ मा सुरक्षित पानी वितरण गर्दै आएको छ । संस्थाले २१ सय ६३ भन्दा धेरै उपभोक्तालाई खानेपानी धारा वितरण गरेको छ । अमरापुरी खानेपानीले गुणस्तरीय र सुरक्षित पानी वितरणमा ध्यान दिँदै आएको छ । प्रविधिमा जोड दिँदै आएको यस संस्थाले अब छिट्ट उपभोक्तालाई २४ सै घण्टा पानी वितरण गर्ने लक्ष्य अनुरुप काम अघि बढाएको छ । यस सन्र्दभमा हामीले अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मनहरी सापकोटासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, संवाददाता पवित्रा पराजुलीले गर्नुभएको कुराकानीको सम्पादित अंश ः 


तपाईँ खानेपानी संस्थाको अध्यक्षमा निर्वाचित भएपछि गरेका कामहरु के–के हुन् ?  
म संस्थाको अध्यक्षमा निर्वाचित भएको ९ महिना भयो । यो बीचमा हामीले धेरै काम गरेका छौँ । हामी नयाँ कार्यसमिति आएपछि १३ किलोमिटर पाइपलाई विस्तार गरेका छौँ । अधुरा रहेका दुईवटा खानेपानी टंकी बनाउने काम पुरा गरेका छौँ । एउटा ७ सय घनमिटर र एउटा ३ सय घनमिटरको टंकी रकम अभावमा रोकीएको थियो अहिले त्यो सम्पन्न भएको छ । साथै अहिले एउटा ओभरहेड टंकीको निमार्ण सम्पन्न भएको छ । तर सञ्चालनमा आएको छैन् । बालुवा धुनका लागि आवश्यक पर्ने सामान खरिद गर्ने समय–समयमा बालुवा धुुने, गिटी सफा गर्ने काम चलिरहेको छ । संघबाट १० लाख रुपैयाँ बजेट पारेर एउटा इन्टेक निमार्ण गरेका छौँ । साथै दैनिक चलिरहने काम छ त्यो नियमित नै छ ।


सुरक्षित खानेपानीका लागि के काम गर्नुभएको छ ? 
खानेपानी सुरक्षाका लागि हामीले समय–समयमा पानीको परीक्षण गर्ने गरेका छौँ । हामीसँग आÇनै पानी जाँच गर्ने ल्याब छ । कहीले मूहानबाट कहिले उपभोक्ताको धाराबाट फरक–फरक स्थानबाट पानी ल्याएर परीक्षण गर्छौ । अहिलेसम्म अमरापुरी खानेपानीको पानीमा कुनै खराबी देखिएको छैन् । हामीले कतै पाईप टुटेफुटेमा त्यहाँ पनि परीक्षण गर्ने गरेका छौँ । सुरक्षित पानी वितरणमा हामी सधैँ संवेदनशिल छौँ । 

सरसफाईको क्षेत्रमा संस्थाले कसरी काम गरिरहेको छ ? 
सरसफाइ अन्तर्गत रहेर हामीले यस वर्ष १ सय ७५ जना उपभोक्तालाई पानीको सुरक्षा र सरसफाइको बिषयमा तालिम प्रदान ग¥यौँ । हामीले विद्यालयमा पनि सरसफाइको बिषयमा जानकारी गराउने गरेका छौँ । बिद्यालयमा बालबालिकालाई सिकाउन सके उनिहरुले घरपरिवारलाई पनि भन्छन् भन्ने उद्देश्यले यस्तो गरेका हौँ । साथै हामी समय–समयमा उपभोक्ताको घर–घरमै पुगेर पनि पानीको सुरक्षा र सरसफाइको बिषयमा भन्ने गरेका छौँ । अमरापुरी खानेपानीका पलम्बरहरुले पनि देखेको कुरा सिकाउने गरेका छन् । सरसफाइको बिषयमा अहिले धेरै उपभोक्ता सचेत हुनुभएको छ । 


अध्यक्ष बन्नुपूर्व गरेका कति वाचा पुरा भए ?  
उपभोक्तालाई सहज तरिकाले २४ सै घण्टा पानी वितरण गर्ने एजेन्डा लिएको थिए । त्यो अझै पुरा भएको छैन् । अहिले एउटा टंकी निमार्ण अन्तिम चरणमा छ । त्यो सञ्चालनमा आएपछि २४ सै घण्टा वितरण हुनेछ । अहिले बिहान ३ घण्टा र बेलुका ३ घण्टा मात्र वितरण हुने गरेको छ । 


भविष्यमा आइपर्ने पानीको अभाव हुन नदिन कसरी काम गर्नुभएको छ ?
अमरापुरी खानेपानी यो बिषयमा सचेत छ । हामीले अहिलेसम्म बोरिङको प्रयोग गरेका छैनौँ । दुईवटा निमार्णका क्रममा छन् । त्यसमा बिद्युत जडान भएपछि सञ्चालन गर्न सकिन्छ । हामीले अहिलेसम्म झराई खोलाको पानी नै फिल्टर गरेर वितरण गर्ने गरेका छौँ । पानीको मूहान संरक्षण गर्न सामुदायिक वनसँग सहकार्य गरेर वृक्षरोपण गर्ने, मूहान संरक्षण र पानीको रिचार्जमा जोड दिएका छौँ ।  


आगामी योजना के छन् ?  
हामीले संस्थाको नक्सा बनाउने योजना बनाएका छौँ । खानेपानीको धारा कहाँ–कहाँ पुग्यो ? अब कता पु¥याउन बाँकी छ ? यसको बिषयमा अध्ययन गरेर संस्थाको नक्सा बनाउनु छ । यो भयो भने काममा सजिलो हुन्छ । संस्थाको आकार थाहा हुन्छ जसले योजना बनाउन मद्दत गर्छ भन्ने लागेको छ । आगामी दिनमा पनि हामी उपभोक्तामैत्री भएर काम गर्ने छौँ । उपभोक्तालाई सहज तरिकाले, सुलभ मूल्यमा, सुरक्षित पानी वितरण गर्ने कार्य चलिरहने छ ।