नगर स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

२०८२ जेठ ३ शुक्रबार १८:१०:०० मा प्रकाशित


नवलपरासी पूर्व । शुक्रबार गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानद्वारा गैँडाकोट नगरपालिकाभित्र रहेका  मावि तह (कक्षा ९ र १०) मा अध्ययनरत विद्यार्थी लक्षित परिवार प्रति मेरो दायित्व विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सरस्वती निकेतन आमावि प्रथम, नारायणी मावि द्वितीय र रत्नराज्यलक्ष्मी माविले तृतीय स्थान हासिल गरेका छन् ।  

प्रथम हुने सरस्वती निकेतनका छात्रा सर्वना पाठक लाई र छ हजार रुपैँया, द्वितीय हुने नारायणी माविका छात्रा नम्रता आलेलाई चार हजार रुपैँया र तृतीय हुने रत्नराज्यलक्ष्मी माविका छात्रा प्रशंसा पौडेललाई दुई हजार प्रदान गरिएको जानकारी प्रतिष्ठानका सदस्य गोविन्दराज कोइरालाले दिनुभयो । कार्यक्रमका निर्णायक संयोजकमा डा.मतिप्रसाद ढकाल र सदस्यहरूमा प्रतिष्ठानका सदस्य एवम् कार्यक्रम संयोजक रामहरि शर्मा सराह र नगर शिक्षा शाखाका अधिकृत रामप्रसाद अधिकारी रहनुभएको थियोे ।