गैँडाकोट ५ मा आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न तालिम प्रदान 

२०८२ जेठ ४ शनिबार १४:३०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ५ ले वडाबासी महिला दिदिबैनीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न तालिमहरु प्रदान गरेको छ । शुक्रबार ३ सय ९० घण्टे ३ तालिमको समापन गरी प्रमाणपत्र प्रशिक्षार्थीलाई प्रदान गरेको छ । गैँडाकोट नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्रगत २ वटा सिलाइकटाइ, २ वटा ब्युटिपार्लर र छोटो अबधिको केराको रेसाबाट हस्तकलाका सामग्रीहरु बनाउने सम्बन्धि तालिम दिइएको थियो । 


तालिममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले तालिम पूर्ण रुपमा सिकेर व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । उहाँले सुरुमा केही नहोला जस्तो लागेपनि निरन्तरको प्रयास र मेहेनतले  सफलता दिलाउने विश्वास लिन आग्रह गर्नुभयो । 


गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले महिला दिदिबैनीलाई आर्थिक रुपमा सम्पन्न हुन आवश्यक रहेकोले खाली नबसी केही न केही काम गर्नु आग्रह गर्नुभयो । उहाँले तालिम लिनुभएका सबैको अभिलेख राख्ने र अनुगमन पनि गरिने उहाँले बताउनुभयो । 


कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले तालिम लिएपछि कामलाई अगाडी बढाउन आग्रह गर्दै कोशेली घर स्थापना गर्न सकिने पनि बताउनुभयो । 

rrrrrrrrrr

गैँडाकोट ५ का कार्यबाहक वडाध्यक्ष एवं नगरकार्यपालिका सदस्य शान्ति न्यौपानेले गैँडाकोट ५ ले तालिम वडामा ल्याएर अवसर प्रदान गरेको बताउनुभयो । सिक्ने र सिकाउने दुबैको लगनशिलताले आफुलाई प्रभावित गरेको बताउदैँ सिकेर मात्र नभई त्यसलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । उहाँले अब दिदिबैनीले आफुलाई समाजमा उदाहरणका रुपमा प्रस्तुत गर्न पनि आग्रह गर्नुभएको छ । आवश्यकता के छ, कस्तो छ र के सहयोग चाहिएको छ माग गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । 


सो तालिममा चन्द्रकला पौडेल (गोमा)ले ब्युटिपार्लरको तालिम, सोनम चौधरी र सरिता कुवँरले सिलाई कटाइको तालिम र अप्सरा तामाङ श्रेष्ठले केराको रेसाबाट हस्तकलाको सामान बनाउने तालिमको प्रशिक्षण दिनुभएको थियो । 


कार्यक्रममा गैँडाकोट नगरपालिकाका लेखा अधिकृत मदन गौतम, उद्यम विकास सहजकर्ताहरु कमला अधिकारी र शसि खनाल लगायत प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो । 


कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता कमला अधिकारीले गर्नुभएको थियो । यसरी उद्यमी बन्ने बाटोतर्फ अग्रसर हुन पाउँदा र तालिम लिन पाउँदा खुसी लागेको तालिममा सहभागि महिला दिदि बैनीले बताउनुभएको छ । 

jjjjjjj