आदर्श घिमिरेको नेतृत्वमा १३ सदस्यिय भवानी बालक्लब पुनर्गठन

गैंडाकोट । भवानी बाल क्लबमा आदर्श घिमिरेको नेतृत्वमा १३ सदस्यिय भवानी बालक्लव पुनर्गठन भएको छ । टोलका बालबालिकाहरूको सहभागितामा सम्पन्न भएको बालक्लब पुनर्गठन कार्यक्रममा नगरवाल सञ्जाल निवर्तमान अध्यक्ष आस्था घिमिरेले बालबालिकाको काम कर्तव्य र अधिकारको बारेमा बालबालिकालाई स्पष्ट पार्नुभएको थियो ।
भवानी टोलविकास संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले सधै बालबालिकाको हितमा कार्य गर्ने बताउनुभयोे ।
संस्थाकी सचिव शोभा पौडेलले सहजिकरण गर्नुभएको कार्यक्रममा टोलविकास संस्थाका सल्लाहकार ठानिश्वर रिजाल, इन्द्र बहादुर बरूवाल, गोपीनाथ खरेल, बाबुराम लामिछाने, पुर्व कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, संस्थाका उपाध्यक्ष रञ्जीता आचार्य, कोषाध्यक्ष पुष्कल भट्टराई, भवानी महिला समुहकी निवर्तमान अध्यक्ष विद्या अधिकारी, टोलविकास संस्थाका कार्यसमितिका सम्पूर्ण सदस्यहरू, विभिन्न टोलवासीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा टोलको हित हुने थप आठवटा महत्वपूर्ण निर्णय गर्दै भेला सम्पन्न भएको थियो ।