नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप हात्ती पठाउँदै

२०८२ जेठ ४ शनिबार १७:०२:०० मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले कतार सरकारलाई चाँडै उपहार स्वरुप हात्ती पठाउने तयारी गरिरहेको जनाइएको छ । यसका लागि नेपालले हात्तीको विषयमा जेठ महिनाभित्रै दूतावासमा पत्राचार गर्ने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । 


वनमन्त्री ऐनबहादुर शाही ठकुरी र कतारका विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगो व्यवस्थापन सम्बन्धी विशेष दूत एवं उपमन्त्री बदर उमर अल दफाबीच शनिबार (आज) भएको भेटवार्तामा नेपालले यसबारे जानकारी दिएको हो ।