सचिन कँडेलको अध्यक्षतामा मातृभूमि टोल विकास संस्थाको बालक्लव पुनर्गठन

मातृभूमि टोल विकास संस्थाको आयोजनामा बालक्लव पुर्नगठन गरिएको छ । पुनर्गठित क्लवका अध्यक्षमा सचिन कँडेल चयन हुनुभएको छ ।
नवगठित क्लबको उपाध्यक्षमा बीरा शर्मा, सचिवमा पाञ्जल सापकोटा, कोषाध्यक्ष आरोह पौडेल र सदस्यहरूमा श्रेया रिजाल, जेनिस ढुंगाना, कपिल पौडेल, आरजु शर्मा, जेनिशा पौडेल र सुसन सापकोटा रहनुभएको छ । संस्थाका अध्यक्ष विन्दु सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा रहनुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष एकनाथ रिजाल, कार्यपालिका सदस्य शान्ति न्यौपाने, सल्लाहकार गोविन्द रिमाल, महिला कृषि समूहका अध्यक्ष राधा कँडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । संस्थाका उपाध्यक्ष तारा शर्माको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा सचिव चुन्नप्रसाद न्यौपानेले सहजीकरण गर्नुभएको थियोे ।