केदारनाथमा हेलिकप्टर दुर्घटना

२०८२ जेठ ४ शनिबार १५:०४:०० मा प्रकाशित

काठमाडौँ । भारतस्थित ऋषिकेश एम्सबाट केदारनाथ आउँदै गरेको हेलिकप्टर अचानक अनियन्त्रित हुँदा अवतरणका क्रममा दुर्घटना भएको छ। श्री केदारनाथ धाममा बिरामीलाई उद्धार गर्न आएको सञ्जीवनी हेलिकप्टर एम्बुलेन्स आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।


बिरामी लिन आएको (दुई जना डाक्टर र पाइलट सवार) हेलिकप्टर केदारनाथ हेलिप्याडबाट २० मिटर टाढा दुर्घटना भएको थियो । पाइलटको होसियारीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको भारतीय पत्रिका जागरणले जनाएको छ। त्यसमा सवार सबै जना सुरक्षित छन् ।