पोलमा काम गरिरहेका नेपालीकोे  करेन्ट लागेर मृत्यु

२०८२ जेठ ४ शनिबार १४:१८:०० मा प्रकाशित

काभ्रे । काभ्रेको धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ । धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका विद्युतका एक जना मजदुरको मृत्यु भएको हो ।

 

सर्लाही ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश नेपालीकोे ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताउनुभयो ।