कन्टिनेन्टल माध्यमिक विद्यालयमा निर्वाचन, विद्यार्थी प्रमुखमा विवश प्रधान निर्वाचित

गैँडाकोट । कन्टिनेन्टल माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि भएको निर्वाचनमा विद्यार्थी प्रमुखमा विवश प्रधान निर्वाचित हुनुभएको छ । विद्यार्थी उपप्रमुख निर्मला कुवँर विजयी हुनुभयो ।
निलो सदनका प्रमुखमा कक्षा ९ का सागर कुमाल, निलो सदनका उपप्रमुखमा कक्षा ९ कै रिती बराकोटी निर्वाचित हुनुभएको छ ।
हरियो सदनका प्रमुखमा कक्षा ९ का कुशल गुरुङ, हरियो सदनका उपप्रमुखमा साहिल गुरुङ निर्वाचित हुनुभएको छ ।
मरुन सदनका प्रमुखमा कक्षा ९ का सूर्य राना मगर, मरुन सदनका उपप्रमुखमा स्रिमन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
पहेलोे सदनका प्रमुखमा स्मृति कँडेल, पहेलो सदनका उपप्रमुखमा सस्कृति भण्डारी निर्वाचित हुनुभएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख दिलिप गुरुङले जानकारी दिनुभयो ।
विद्यार्थीलाई निर्वाचन प्रक्रियाका विषयमा प्रयोगात्मक रुपमा शिक्षा दिएको विद्यालयका प्रधानाध्यापक विनोद पौडेलले बताउनुभयो । निर्वाचन प्रक्रियाका सन्दर्भमा पत्रकार सम्मेलनदेखि मतदान प्रक्रिया, मतगणनासम्म प्रक्रियागत रुपमा जानकारी दिएको छ । सोही क्रममा शुक्रबार मतदान र मतगणना कार्य गरिएको छ । विद्यालयमा विद्यार्थी प्रमुख छनोटमा शुक्रबार मतदान र मतगणना गरिएको हो ।