एमालेको नेतृत्वमा सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन, चर्को मूल्य चुकाउनुपर्छः प्रधानमन्त्री ओली

२०८२ जेठ ४ शनिबार १४:२५:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताउनुभएको छ ।


मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले एमाले सरकारमा रहँदासम्म प्रतिगमन सम्भव नरहेको जिकिर गर्नुभएको हो । उहाँले एमालेले प्रतिगमनलाई सम्भव हुन नदिने बताउनु भयो । अरुको नेतृत्वमा विगतमा सम्भव भएपनि आफू नेतृत्वमा रहँदासम्म प्रतिगमन नसोचे हुने प्रधानमन्त्री ओलीको चेतावनी छ । प्रतिगमन सोचे मात्रै पनि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले प्रतिगमनका निम्ति कोशिस नगर्न आग्रह गर्नुभयो ।


राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ । नेपालमा कुनै प्रतिगनको लागि ठाउँ खालि नरहेको बताउनु भयो ।  प्रतिगमनकारीहरुले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही नहुने उहाँको चेतावनी छ ।

 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव छैन । यो सम्भव छैन । हामी सम्भव हुन दिँदैनौँ । अरुको नेतृत्वमा समय समयमा भएका होलान् तर हाम्रो नेतृत्वमा प्रतिगमन नसोचे हुन्छ । साह्रै ठूलो मूल्य चुकाउनुपर्नेछ, प्रतिगमनका निम्ति कोशिस गर्नेहरुले । राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन सक्दैन । यो कुरा जनताको बहुदलीय जनवादको प्रकाशमा नै हामी गरिरहेका छौँ ।

 

लोकतन्त्रलाई एउटा परिपूर्ण लोकतन्त्रको नाममा, लोकतन्त्रलाई परिपूर्ण लोकतन्त्रका रुपमा अगाडि बढाउने, राष्ट्रिय एकता र एकतामार्फत राष्ट्रिय लोकतन्त्र । सामाजिक न्याय, समानताको आधारमा राष्ट्रिय एकता । त्यसमाध्यमबाट र एकतावद्ध प्रयासबाट राष्ट्रिय हितहरुको रक्षा, संवद्र्धन पूर्ण रुपमा, अग्रगमनको सुनिश्चितता सम्पूर्ण रुपमा । अर्थात यहाँ कुनै प्रतिगमनको लागि स्पेस छैन । प्रतिगमनकारीहरुले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुनेछैन । त्यति जनताको बहुदलीय जनवादले सिकाएको छ । त्यस मान्यतामा हामी अघि बढेका छौँ । माक्सवाद, लेनिनवादले हामीलाई सिकाएको छ ।’

 

प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको मान्यतामा आफूहरु अघि बढेको र त्यो कुरा लेनिनवाद र माक्सवादले सिकाएको जिकिर गर्नुभयो । -न्युज एजेन्सी नेपाल