भारतीय अग्निपथ योजना

२०८० फाल्गुण २२ मंगलबार १५:४६:०० मा प्रकाशित

पृष्ठभूमि :

नेपाल, भारत र बेलायतको त्रिपक्षीय सम्झौताअनुसार नेपाली युवाहरुलाई भारतीय र ब्रिटीश सेनामा भर्ती भई बहादुरीपूर्वक सैन्य सेवामा कार्यरत हुने अवसर प्राप्त भएको तथ्य हामी सबैलाई जानकारी नै छ । २०६ वर्ष अघिदेखि ब्रिगेडियर सम्मका पदमा रही जिम्मेवारी सम्हालेका छन् । क्षमता, दक्षता, सीप र कौशलका आधारमा भारत सरकारले नेपाली युवाहरुलाई ब्रिगेडियर सम्मको जिम्मेवारी दिने परम्परा रहीआएको छ । नेपाल–भारत मित्रताका विभिन्न आयमहरु मध्ये नेपाली युवाहरु भारतीय सेनामा भर्ती भई सेवा गर्ने अभ्यास एउटा महत्त्वपूर्ण कडी हो । नेपालमा पर्याप्त रोजगारीका सम्भावनाहरुको अभावमा भारतीय सेनामा भर्ती हुन जानुपर्ने नेपाली युवाहरुको रहर नभई परिस्थितिजन्य बाध्यता हो । पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीहरुले कायम गरेको वीर गोर्खालीको उपनामबाट सैन्य सेवालाई सम्मानजनक पेशाको रुपमा स्थापित गरेको छ । हाल सम्म भिक्टोरिया क्रस तक्मा प्राप्त गर्ने २३ जना सैनिकहरुमध्ये १३ जना नेपाली हुनुले पनि वीर गोर्खालीको सम्मानलाई प्रमाणित गरेको छ ।

भारत सरकारले अग्निपथ योजना कार्यान्वयन गरेपछि नेपाल सरकारले नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ती हुन बञ्चित गरेको छ । अग्निपथ योजनाको बारेमा नेपाल सरकारको पक्षबाट कुनै नीतिगत निर्णय नभएकोले हजारौँ नेपाली युवाहरु तालिम लिएर÷सिकेर पनि विगत ३ वर्षदेखि भारतीय सेनामा भर्ती हुन पाएका छैनन् । यदि भारतीय सेनामा नेपाली युवाहरुको प्रवेश नहुने हो भने वीर गोर्खालीको ऐतिहासिक परम्परा समाप्त भई वार्षिक रुपमा नेपाल भित्रिने करीब ८ मिलियन डलर (सेवारत र पेन्सन गरी रु. साढे १० अर्ब) विपे्रषण समेत बन्द भई नेपालले ठूलो आर्थिक क्षति ब्योहोर्नु पर्ने अवस्था सृजना हुन्छ ।

अग्निपथ योजनाका विशेषताहरु :

    यस योजनाअन्तर्गत भारतीय सेनामा कार्यरत सैनिकहरुले ४ वर्ष मात्र सेवा गर्न पाउनेछन् ।
    चार वर्षको सेवा अवधि पछि छनौट नभएका ७५% सैनिकले सुनौलो अवसर (गोल्डेन ह्यान्डसेक) मार्फत भारु ११ लाख मात्र प्राप्त गरेर सेनाबाट बिदाई गर्ने व्यवस्था गरेको छ ।
    यो योजनाले भारतीय सेनामा कार्यरत सामान्य सिपाही र अग्निपथ वीर बीच फरकपना देखिएको छ ।
    अग्निपथ योजना भन्दा पहिले प्रतिवर्ष २ हजारदेखि २५ सय सम्म नेपालीयुवाहरु भर्ती हुन्थे । यस योजनापछि यदि भर्ति सुचारु हुने हो भने आगामी दिनमा ३ हजारदेखि ४ हजार युवाहरु भर्ती हुनेछन् ।

सुझावहरु :

    अग्निबीरहरुको सेवा अवधिलाई ४ वर्षबाट बढाएर कम्तीमा १० वर्ष पु¥याउनुपर्दछ ।
    ४ वर्षपछि छनौट भई सेनामा कार्यरत हुन पाउने व्यवस्थालाई २५% बाट बढाएर ५०% पु¥याउनुपर्दछ ।
    अग्निवीरबाट ४ वर्ष पछि सेवा निवृत्त भएको नेपालीयुवाहरुलाई भारत सरकारले वैकल्पिक क्षेत्रमा स्थायी रोजगारीको व्यवस्था अनिवार्य रुपमा गर्नुपर्दछ । 
    अग्निवीरहरुलाई कम्तीमा रु. १ करोडको दुर्घटना बिमाको व्यवस्था गर्नुपर्दछ ।
    नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग समन्वय गरी दुई–देशीय बैठकको सहमतिअनुसार यथाशिघ्र भर्ती हुने प्रबन्ध गर्नुपर्दछ ।
    भारतीय सेनामा नेपाली युवाहरुको भर्ती बन्द भएमा भूतपूर्व सैनिकहरुको अस्तित्व र पहिचान नै समाप्त हुने अति संवेदनशील विषय भएकाले नेपाली का“ग्रेस तथा नेपाल सरकारले गम्भिरतापूर्वक लिनुपर्दछ ।
    भारतले नेपाललाई अन्य सुविधा र अनुदानहरु क्रमशः घट्दै जाने तर्फ सचेत रहनु पर्दछ ।

निष्कर्ष :
नेपाल सरकारले अग्निपथ योजना लागू भएपछि नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ती हुन प्रतिबन्ध लगाएको हुँदा भारतमा अप्रिल, मे मा आसन्न आम निर्वाचन सम्पन्न भएपछि पनि भर्ति सुचारु नहुने हो भने नेपालका समस्त भूतपूर्व सैनिकहरुले आन्दोलनमार्फत नेपाल सरकारलाई भर्ती सुचारु गर्न दबाब दिनुको विकल्प देखिदैन ।

उक्त संवेदनशील विषयलाई ललितपुरको गोदावरीमा हालै सम्पन्न भएको काँग्रेसको महासमिति बैठकमा नवलपुर जिल्लाको महासमिति सदस्य एवं पूर्व कर्णेलको हैसियतले नेपाली युवाहरुको पक्षमा वकालत गर्दै छलफलको विषय बनाएको थिए । यस विषयले महासमिति सदस्यहरुलाई आकर्षित गरेको थियो । नेपाली का“ग्रेसले केन्द्रीय समितिमा गहन छलफल गरेर उक्त कुरालाई नेपाल सरकारबाट निर्णय गराएर चाँ“डै नै भारतीय सेनामा नेपाली युवाहरुको भर्ति सुचारु गर्नुपर्ने आवश्यकताको पहल कदमी गर्नुपर्दछ ।

(पूर्व कर्णेलसमेत रहेका लेखक धनबहादुर मास्की राना नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेपाल भूतपूर्व सैनिक संघका निवर्तमान सभापति हुन् ।)