११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

२०८० फाल्गुण २५ शुक्रबार ०७:०६:०० मा प्रकाशित

आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएकाे हाे।

यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ। दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरू आयोजना गरिँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।