सहकारीलाई डिजिटाईजेशनमा लैजान सके नियमन सजिलो हुन्छ: सिईओ पौडेल

२०८० चैत २ शुक्रबार ०६:१९:०० मा प्रकाशित

विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) माधव प्रसाद पौडेलले अहिले सहकारीमा प्रविधिको प्रयोग बढेर गएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा प्रविधि प्रयोगको अनुभव साट्दै उनले विकु साकोसले पहिलो पटक सहकारी क्षेत्रमा एटीएम सञ्चालनमा ल्याएको बताए ।

प्रविधिमा लगानी गर्न बढाउन सके लामो समयसम्म सेवा प्रदानमा विश्वसनीयता कायम गर्न सकिने उनले बताए । प्रविधिको प्रयोगले संस्थागत लागत घट्न गई सदस्यलाई बढी भन्दा बढी सेवा दिने सकिने उनको भनाई छ ।

उमेर, आयस्तर, भौगोलिक स्थान लगायतका कारण डिजिटल प्रविधिको पहुँचमा असमानता छन् । प्रविधिमा जाँदा लागत बढ्ने जस्ता समस्या हुने गरेको उनको भनाई छ ।

सहकारीमा प्रविधि प्रयोगका लागि कर्मचारी र सदस्यलाई तालिम, प्रशिक्षण आवश्यक हुने, नयाँ डिजिटल प्रविधिको पहुँच, अप्रयाप्त ईन्टरनेट सुविधा, ईन्टरनेट जडान र डिभाईसको सिमित पहुँच जस्ता चुनौती रहेको उनले सुनाए ।

प्रविधिको सुरु गर्दा सदस्यलाई बुझाउन समस्या भएको बताउँदै उनले एकीकृत सिस्टमको अभाव र सरोकारवाला निकायका कारण पनि डिजिटलमा जान सुरुमा समस्या हुने गरेको गुनासो गरे ।

प्रविधिमा जान डेडिकेटेड ईन्टरनेट चाहिने, लागत कम हुनुपर्ने, दक्ष जनशक्ति, भौतिक पुर्वाधार, प्रविधि साक्षरता जस्ता थुप्र कुराको आवश्यक भएको उनले औंल्याए । सबै सहकारीलाई डिजिटलमा लैजान सके नियमन सजिलो हुने तर, प्रविधिमा जाँदा साईबर सुरक्षामा ध्यान दिन भने आवश्यक छ ।

विकूले स्मार्ट बैकिङ चलाएको र त्यसमा फिचर थाप्दै गएको, मिसकल बैकिङको सेवा दिएको उनले जानकारी दिए । १ लाख ३० हजार सदस्य मध्ये १ लाख १० हजारको डकुमेन्ट डिजिटल गराउने क्रममा रहेको उनको भनाई छ ।

 

सहकारी खबर बाट