कोटेश्वर मन्दिर गैंडाकोटको साधारणसभाद्वारा कार्यबाहक अध्यक्षलाई जिम्मेवारी प्रदान 

२०८० चैत १० शनिबार १८:५९:०० मा प्रकाशित

गैँडाकोट । कोटेश्वर मन्दिर शिवालय सेवा समिति गैंडाकोट ४ नवलपुरको अठारौं साधारणसभाले कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीलाई नै बाँकी अवधि (२ वर्षको) लागि अध्यक्ष भै काम काज गर्न अख्तियार प्रदान गरेको छ । नव नियुक्त अध्यक्ष पराजुलीले सबैको साथ र सल्लाहबाट मन्दिरको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

सभामा प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले वडामा रहेका हरेक मठ मन्दिरहरुलाई समयानुकुल विकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा करिब बिस लाखको आय व्यय सहितको आगामी योजना सहितको प्रतिवेदन सचिव बामदेब घिमिरेले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णप्रसाद घिमिरेले, लेखा प्रतिवेदन लेखा संयोजक अमृत पण्डितले प्रस्तुत गर्नुभयो । 

सह सचिव राधा भुसाल भण्डारीले स्वागत गर्नुभएको कार्यक्रममा डाक्टर नारायण दत्त गौतम, ज्योतिष विष्णुप्रसाद सिग्देल, समाजसेवी कमला तिवारी, पूर्व अध्यक्ष तथा सल्लाहकार नारायण पण्डित, सल्लाहकारहरु टोलनाथ घिमिरे, ईश्वरी नाथ रिमालले शुभकामना मन्तव्य दिनु भएको थियो । 

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाइ प्रमाणपत्र र शिव नामि वस्त्रबाट सम्मान गरिएको थियोे ।