भरतपुर महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर

२०८० चैत १४ बुधबार १७:३४:०० मा प्रकाशित

चितवन- भरतपुर महानगरपालिकाले सडक सफा गर्ने ब्रुमर ल्याएको छ ।

महानगरले सडकमा धुलो नउडोस् भन्ने उद्देश्यले ८४ लाख रुपैयाँ लगानीमा ब्रुमर ल्याएको हो ।

बुधबार सिनोट्रक कम्पनीका प्रतिनिधिले भरतपुर महानगरका प्रमुख तथा उपप्रमुखलाई ब्रुमरको चाबी हस्तान्तरण गरेका छन् ।

आन्तरिक ब्यबस्थापन तथा खरिद शाखा प्रमुख झलककुमार श्रेष्ठका अनुसार ८४ लाख रुपैयाँमा ब्रुमर काठमाडौबाट भरतपुर ल्याइएको हो ।

ब्रुमर आएपछि अब महानगर धुलो रहित बन्नेमा महानगर विश्वस्त छ ।

सहर सफा गर्न मानवस्रोतले नभ्याएको अवस्थामा नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुपरेको श्रेष्ठले बताए ।

ब्रुमरले अब भरतपुर स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको महानगरको दाबी छ ।