चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु

२०८२ बैशाख १२ शुक्रबार १४:४६:०० मा प्रकाशित

चितवन । चितवनमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित इन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्लेको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो साढे एक बजे भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्ती चोकमा गितानगरबाट भरतपुरतर्फ अण्डा लिएर गइरहेको ना ५च २६४४ नम्बरको बलेरोले सोही दिसातर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।


बोलेरोको ठक्करबाट स्कुटरमा सवार वाग्ले गम्भीर घाइते भएकी थिइन् । प्रहरीले उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।


दुबै सवारी साधन र मकवानपुरको मनहरी गाउँपालिका ६ का २५ वर्षिय बोलेरो चालक पेमा लामालाई नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।