नेपाल चिकित्सक संघ चितवनको चिकित्सकको माग र आन्दोलनमा ऐक्यबद्धता

२०८२ बैशाख १२ शुक्रबार १७:०७:०० मा प्रकाशित

चितवन । नेपाल चिकित्सक संघ चितवन शाखाले सम्पूर्ण चिकित्सकहरुलाई आन्दोलनको कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरेको छ । केन्द्रीय कार्यालयले घोषणा गरेको आन्दोलनको कार्यक्रम प्रति समर्थन जनाउँदै सम्पूर्ण चिकित्सकहरुलाई आन्दोलनको कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिएको नेपाल चिकित्सक संघ चितवन शाखाका सचिव डा. महेन्द्र अग्रहरीले बताउनुभएको छ । 
नेपाल चिकित्सक संघ केन्द्रीय समितिबाट गत बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार आन्दोलनरत चिकित्सकहरूको माग र आन्दोलन प्रति ऐक्यबद्धता जनाएको बिज्ञप्तीमार्फत जनाएको छ । चितवन शाखाले नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले घोषणा गरेको आन्दोलनको कार्यक्रम प्रति समर्थन जनाएको नेपाल चिकित्सक संघ चितवन शाखा अध्यक्ष डा. उमेश नेपालले बताउनुभयो ।