सातौँ उपमेयर कपमा मंगलबार चार खेल हुँदै

नवलपरासी पूर्व । गैँडाकोटमा जारी सातौँ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा मंगलबार पनि चार खेल हुँदै छ ।
पहिलो खेलमा विजय सामुदायिक शिक्षा सदन र नेराश मावि बीच प्रतिष्पर्धा हुनेछ । पहिलो खेल विहान ६ बजेदेखि सुरु हुनेछ ।
यसैगरी दोस्रो खेलमा अमर ईंग्लीस बोर्डिङ स्कुल र बालज्योती मावि बीच प्रतिष्पर्धा हुने छ । यो खेल विहान ७ बजेबाट सुरु हुनेछ ।
तेस्रो खेलमा कालिका नमुना मावि र रत्नराज्य लक्ष्मी माविबीच प्रतिष्पर्धा हुनेछ । बेलुका ४ बजे हुनेछ ।
चौँथो खेलमा अमरज्योती मावि र स्मल हर्ट एकेडेमीबीच प्रतिष्पर्धा हुनेछ । यो खेल भने बेलुका ५ बजेबाट सुरुवात हुनेछ ।
हिजो सोमवार चार खेल सम्पन्न भएका थिए ।
गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा भएको खेलमा अमर ईङ्लीस स्कुल, कालिका नमुना माबि, नेराश माबि र अमरज्योति माबि बिजयी भएका छन् ।
सोमबार भएको पहिलो खेलमा अमर ईङ्लीस स्कुल बिजयी भएको हो । अमर ईङ्लीस स्कुलले ज्ञानकुञ्ज ईङ्लीस स्कुललाई पेनाल्टि सुट आउटमा १ का बिरुद्ध २ गोल गदै बिजयी भएको हो । खेलको प्लेयर अफ द म्याच गोलरक्षक आयुषमा आचार्य हुनुभएको छ ।
तेस्तै दोस्रो खेलमा कालिका नमुना माध्यमिक बिद्यालय बिजयी भएको छ । कालिका नमुना माध्यमिक बिद्यालयले कन्टीनेन्टल बोर्डिङ स्कुललाई पेनाल्टि सुट आउटमा १ का बिरुद्ध ३ गोल गदै बिजयी भएको हो । खेलको प्लेयर अफ द म्याच प्रसिद्धि परियार हुनुभएको छ ।
यस्तै तेस्रो खेलमा नेपाल राष्ट्रीय शम्शेर माबिले जित निकालेको छ । नेपाल राष्ट्रीय शम्शेर माबि र सुर्योदय बिद्या मन्दिर बिचको खेलमा निर्धारित समयमा कुनै पनि समुहले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको हो । ट्राईबेकरमा नेपाल राष्ट्रीय शम्शेर माबिले सुर्योदय बिद्या मन्दिरलाई ३ का बिरुद्ध ५ गोल गदै बिजयी भएको हो । खेलको प्लेयर अफ द म्याच आयुस्मा बोटे हुनुभएको छ ।
तेस्त चौथो खेलमा अमरज्योति माध्यमिक बिद्यालय बिजयी भएको हो । अमरज्योति माध्यमिक बिद्यालयले नारायणी आधारभुत बिद्यालयलाई ० का बिरुद्ध ६ गोल गदै बिजयी भएको हो ।
अमरज्योति माबिको तर्फबाट एञ्जिला भुसाल र रेनु शर्माले ३/३ गोल गरेका हुन । खेलको प्लेयर अफ द म्याच एञ्जिला भुसाल भएको नगर खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगिताको संयोजक डिलकुमारि घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगितामा उपाधि विजेताले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ वटा टिमलाई नगद १७/१७ हजार रुपैँया प्रदान गरिने छ । त्यस्तै बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर ,सर्बाधिक गोल कर्ता र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा गैडाकोटमा रहेका सामुदायिक र संस्थागत गरि १९ वटा विद्यालयहरुले भाग लिएका छन । जेष्ठ ३ गते देखि ७ गतेसम्म संचालन हुने प्रतियोगितामा ४ लाख पचास हजार खर्च हुने अनुमान आयोजकको रहेको छ ।
गैडाकोट १० मा रहेको सुनगाभा युवा क्लब सह–आयोजक भएको प्रतियोगितामा सहभागि प्रत्येक खेलाडिलाई रु एक लाख बराबरको बिमा समेत गरिएको छ ।