विद्युतीय अपराध कसुरमा शुद्धोदन गाउँपालिकाका अध्यक्ष पक्राउ

रुपन्देही । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन् । यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप लागेका अध्यक्ष चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए ।
फरार भएका अध्यक्ष चौधरी आज भने आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताउनुभयो । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।