गैँडाकोट१ का विभिन्न चोकमा ट्राफिक सचेतनाका लागि डिभाइडर

२०८२ असार १८ बुधबार १४:५३:०० मा प्रकाशित

नवलपरासी पूर्व । गैँडाकोट नगरपालिका वाड नं. १ ले आफ्नो वडा भित्रका विभिन्न चोकमा ट्राफिक डिभाइडरहरु राखेको छ । वडाभित्रका व्यस्त चोक मिलन चोक, विकास चोक, मौलाकाली फेदी लगायतका विभिन्न चोकहरुमा ट्राफिक संकेत सहितका डिभाइडर राखिएको गैँडाकोट वाड नं. १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।

वडा सदस्य लक्ष्मी चालिसे, चेलीमाया सारु, प्रेमकुमारी विक लगायतले सडकमा दुर्घटना न्यूनिकरणका लागि  ट्राफिक सचेतनाका बोर्डहरु पनि आगामी दिनमा राख्दै जाने बताएका छन् । गैँडाकोट ट्राफिक प्रहरीको समन्वयमा वडाले ट्राफिक व्यवस्थापन तथा सचेतनाका कार्यक्रम गर्दै आएको छ ।