पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते

२०८२ भदौ २३ सोमबार १६:१९:०० मा प्रकाशित

पोखरा । जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् । गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध राजीनामा माग गर्दै नारा लगाइरहेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ ।