गृहमन्त्री रमेश लेखक द्धारा राजीनामा

२०८२ भदौ २३ सोमबार २०:०८:०० मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ।  उहाँले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिनुभयो ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएको छ ।

त्यसअघि उहाँले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराउनु भएको थियो ।