प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन

काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएका छन् । आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ ।
प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् । प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा कर्फ्यू आदेश पनि जारी गरेको छ । जेनजीले बिहान ११ बजेदेखि नै इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए । त्यसपछि भने जेनजी उपमहानगरपालिका कार्यालय अगाडि गएर प्रर्दशन गरेका हुन् । प्रदर्शन उग्र बनेपछि उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको हो ।