गैंडाकोटमा ९ सदस्यीय व्लड डोनर्स सोसाइटी तदर्थ समिति गठन

२०८२ कार्तिक १५ शनिबार १५:३८:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटमा शुभाषचन्द्र आचार्यको संयोजकत्वमा ९ सदस्यीय  व्लड डोनर्स सोसाइटी नेपालको तदर्थ समिति गठन गरिएको छ । व्लड डोनर्स सोसाइटी नवलपुरका अध्यक्ष भोजराज भुर्तेल किरणको अध्यक्षतामा गरिएको सो गठनको समिति सदस्यहरूमा शंकर आचार्य, सुजन अधिकारी, हेमा काफ्ले अर्याल, चन्द्मणि पौडेल, चन्द्रकान्त आचार्य, रीति श्रेष्ठ, हिरालाल अर्याल र युवराज गुरूङ रहनुभएको छ ।

 

कार्यक्रममा व्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले शुभकामना व्यक्त गर्दै व्लड डोनर्स सोसाइटी गठनको औचित्यमाथि प्रकाश पार्नुभयो । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाका सभापति उमाकान्त सापकोटाले गठन हुने समितिमा क्षमता र समावेशितालाई ध्यान दिन जोड दिनुभयो ।

कार्यक्रममा नेरेसो गैंडाकोटका उपसभापति कमला तिवारी, लेखा संयोजक गोविन्द रिमाल, सदस्य ईश्वरीप्रसाद घिमिरे, समाजसेवीहरू गोविन्द घिमिरे, किसन गुरूङ, दाताराम घिमिरे, डिवी गुरूङ, सन्तोष वाग्ले, जनप्रतिनिधि खगेश्वर सापकोटा लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा नारायण शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सदस्य पवन भुर्तेलले गर्नुभएको थियो ।