विजय नन्दन टोलमा प्रज्वल गिरीको अध्यक्षतामा १३ सदस्य बाल क्लब गठन 

२०८२ कार्तिक १५ शनिबार १८:३२:०० मा प्रकाशित

गैंडाकोट ।  विजय नन्दन टोल विकास संस्थामा बाल क्लब गठन गरिएको छ।

गैंडाकोट वडा नम्बर ८ मा रहेको विजय नन्दन टोल विकास संस्था भित्र रहेका बालबालिकाहरूलाई समेटेर आज (शनिवार) बाल क्लब गठन गरिएको हो।  सापकोटा कुल मन्दिरको सभाहलमा भएको कार्यक्रममा प्रज्वल गिरीको अध्यक्षतामा १३ सदस्य बाल क्लब गठन गरिएको हो। 


क्लबको उपाध्यक्षमा सौगात तिवारी, सचिवमा रिषम काफ्ले, कोषाध्यक्षमा पवन सापकोटा  र सहसचिवमा मन्जिल रिजाल चयन हुनुभएको छ । तेस्तै  सदस्यहरुमा  आरुसी भट्टराई  ,विमुती सापकोटा ,गोकुल सापकोटा , अनिसा गैरे ,आदित्य गौतम ,शिशिर कुमाल ,कपिल चालिसे र मन्जिला रिजाल चयन हुनुभएको  छ ।


विजय नन्दन टोलविकास सस्थाको अध्यक्ष ज्ञान कुमारी सापकोटाको अध्यक्षतामा  भएको कार्यक्रमको सहजिकरण सस्थाको सचिव माधव चालिसेले गर्नुभएको थियो ।