मौसम पूर्वानुमानः हाल देशभर कुनै मौसम प्रणालीको प्रभाव छैन
काठमाण्डौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । त्यसैले, आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।