तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

२०८२ कार्तिक २१ शुक्रबार १२:५२:०० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।


चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।