गैँडाकोटमा तेस्रो वडारस्तरीय मेयरकप पुरुष भलिवल प्रतियोगिता पौष १० देखि शुरु
गैँडाकोट । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवद्धन गर्न उद्येश्यले गैडाकोटमा तेस्रो गैंडाकोट वडास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ नवलपुरको गैँडाकोटमा तेस्रो वडारस्तरीय मेयरकप पुरुष भलिवल प्रतियोगिता यहि पौष १० देखि शुरु हुने भएको छ ।
टाउन भागर युवा क्लबको आयोजना, गैंडाकोट नगरपालिकाको प्रवर्धन र गैडाकोट नगर खेलकुद विकास समितिको समन्वयमा हुने प्रतियोगिताको सोमवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो ।
गैंडाकोट वडा नम्बर १४ टाउन भागर युवा क्लबको खेलमैदानमा हुने प्रतियोगितामा नगरका १८ वटै वडाबाट सहभागि हुने प्रतियोगिताका संयोजक तथा गैडाकोट नगर खेलकुद विकास समिति सदस्य रोशन दर्लामी मगरले जानकारि दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ३१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । तेस्तै सान्तोना पुरस्कारको रुपमा सेमि फाइृनल पुग्ने २ टिमलाई नगद १६÷१६ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी खेल अवधिभर बिभिन्न बिधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक खेलाडिहरुलाई एक लाख बराबरको दुर्घटना बिमा पनि गरिएको छ । आयोजकका अनुसार प्रतियोगितामा करिव ४ लाख ५० हजार खर्च हुने अनुमान गरेको हो ।

गैँडाकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष धामनाथ सापकोटाले नगरले खेलकुदका कार्यक्रमहरु भुगोल अनुसार बिभिन्न ठाँउमा खेलाईरहेको बताउनुभयो । सापकोटाले खेलको माध्यमबाट गैडाकोटका बिभिन्न ठाँउहरुलाई पर्यटनको रुपमा चिनाउन पनि सफल भएको बताउनुभयो ।
गैँडाकोट नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कोकिसरा रानाले मेयरकप पुरुष भलिबल प्रतियोगिता आफ्नो वडामा खेलाउन लागेकोमा नगर खेलकुद समितिलाई धन्यबाद दिनुभयो । वडा अध्यक्ष रानाले यस्तो किसिमको प्रतियोगिताले खेलाडिलाई अगाडि बढ्न हौसला हुने र खेलबाट आफ्नो ठाँउलाई चिनाउन पनि मद्यत पुग्ने बताउनु भयो ।

टाउन भागर युवा क्लबका अध्यक्ष जग बहादुर गोलाङमगरको अध्यक्षता भएको कार्यक्रमको सहजिकरण क्लबका सचिव तिर्थ शर्माले गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय भलिवल रेफ्रि तथा गैँडाकोट नगर खेलकुद बिकास समिति सदस्य प्रकाश पौडेल ,जिल्ला भलिवल संघ नवलपुर अध्यक्ष रमेश तिवारी,प्रतियोगिताका रेफी्र संयोजक खेम सुगपाक, महिला समुह,स्थानिय लगायत खेलप्रेमि, समाजसेविको उपस्थिति रहेको थियोे ।