नारायणी माविमा विद्यार्थीलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न
गँैडाकोट । गैँडाकोट ७ मा रहेको नारायणी माध्यमिक विद्यालयमा ४७ औँ वार्षिकोत्सव अन्तर्गत विभिन्न कार्यक्रम चलिरहेको छ । यसै अवसरमा मंगलबार अभिभावक तथा विद्यार्थीका लागि प्रेरणामूलक कार्यक्रम भएको छ । मंगलबार दिउँसो विद्यालयको हलमा विद्यार्थीका लागि उत्प्रेरणात्मक कार्यक्रम भएको छ ।
विद्यालयका शिक्षक जगन्नाथ उपाध्यायले विद्यार्थीहरुलाई प्रेरणादायी कुरा सुनाउनुभएको छ । प्रशिक्षक जगन्नाथ उपाध्यायले बुवाले गरेको त्याग, बुवाले गरेको संघर्ष, आमाले सन्तानका लागि गरेको आशा र भरोसा, आमाले गर्नुभएको संघर्ष, गुरुले विद्यार्थीका लागि गरेको समपर्ण र संघर्षका बारेमा प्रेरणादायी प्रस्तुती दिनुभएको थियो ।
विद्यार्थीहरुको मनमा आमा, बुवा र गुरुहरुको महत्त्व, उहाँप्रतिको सम्मान र सद्भाव बढाउन उत्प्रेरणात्मक कार्यक्रम गरिएको शिक्षक जगन्नाथ उपाध्यायले बताउनुभयो । कार्यक्रममा विद्यार्थीका साथै शिक्षकहरुको उपस्थिति रहेको थियो । नारायणी माध्यमिक विद्यालयले यहि पौष १० गते ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम गर्दैछ । विद्यालयले बुधबार विहान ११ बजे अभिभावकहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम राखेको विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले बताउनुभएको छ ।