गैंडाकोटमा  बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै

२०८२ पौष ८ मंगलबार १६:१७:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटमा नि:शुल्क आयुर्वेद स्वास्थ्य उपचार एवं औषधि वितरण कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर काठमाण्डौको आयोजना तथा गैंडाकोट नगरपालिकाको सहकार्यमा यही पौष १२ गते शनिबार बिहान ९ बजेदेखि कार्यक्रम सञ्चालन हुन लागेको गैंडाकोट आर्युवेद औषाधालयका वरिष्ठ कविराज निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । 


विशेषज्ञ सहितको नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर र्गैडाकोट-५ स्थित जनक नमुना माविको पुरानो भवनमा हुने भएको छ । शिविरमा अम्लपित्त तथा पेट सम्बन्धी रोग, बालरोग सेवा, स्त्री तथा प्रसुती रोग, पाइल्स, फिस्टुला तथा मलद्वार सम्बन्धी रोगहरु, हाडजोर्नी एवं बाथरोग, भिडियो एक्स-रे सेवा, फिजियोथेरापी तथा निशुल्क सुगर परिक्षण सेवा समेत उपलब्ध गराइनेछ ।